परपुरुषको पेट बोकेर बच्चाको हत्या

सृष्टिकै सर्जक आमाबाट आफ्नै सन्तानको हत्या हुन सक्ला ? यस्तो क्रूर, अमानवीय र विरल घटना तनहुँमा भएको छ ।


आफ्नै नवजात शिशुको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँलेएक महिलालाई पक्राउ गरेको छ । तनहुँको भानु ३ दोरदोरकी ३७ वर्षीया लक्ष्मी गन्धर्वले नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनले शिशु हत्या गरी मंगलबार झाडीमा फालेको थिइन् ।


सुरुवालले घाँटी कसेर बेरेको अवस्थामा नवजात शिशुको शव मंगलबार साँझ भेटिएको प्रहरी निरीक्षक निरज डाँगीले बताए । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेको प्रहरी टोलीले गन्धर्वलाई घरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।


उनले परपुरुषसँगको संसर्गबाट बच्चा जन्मिएपछि आफैले मारेकी स्वीकारेकी छन् । उनका श्रीमान् परिवार चलाउन वैदेशिक रोजगारीमा छन् ।