आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले पोखरा नागढुंगाको आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । स्थापनाको सातौं वर्षगाँठमा सहकारीले आपनै भवन बनाएको हो ।
यो अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरियो । पहिलो सेवाग्राही मिरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई संस्थापक अध्यक्ष इन्दिरा पौडेललेसम्मान गरिन् ।
बचतकर्ता सदस्यको वृहत्तर आर्थिक सामाजिक, सांस्कृतिक विकासमा अभिवृद्धि गर्न, संस्थालाई एक सफल वित्तीय संस्थाको रुपमा परिचित गराउन प्रवन्धक निर्देशक ध्रुवराज पौडेलले बताए । ‘महिला तथा विपन्नको सेवा हो हाम्रो शान, समतामूलक समाज हाम्रो अभियान’ भन्ने मूल नारासहित सहकारी सञ्चालनमा आएको हो ।
सदस्यलाई नै परिचालन गरी उनीहरुको आर्थिक विकास तथा आत्मनिर्भर बनाउने, उद्योग, कल कारखाना, खुद्रा व्यापार, कृषि व्यवसायलाई टेवा पु¥याई गरिबीमुक्त व्यवसायिक एवं समृद्ध सदस्य बनाउने सहकारीको लक्ष्य छ । सहकारीमा हाल१ हजार १ सय ८२ सदस्य छन् ।