आर्मीमाथि शसस्त्रको प्रतिस्पर्धात्मक जित

विभागीय डर्बीमा डिफेण्डिङ च्याम्पियन नेपाल आर्मीको त्रिभुवन क्लबलाई निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै शसस्त्र प्रहरी बलको एपीएफ क्लब आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबलमा उदाएको छ ।

मंगलबार पोखरा रंगशालाास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजित प्रतिस्पर्धामा शसस्त्रले आर्मीको चुनौतिलाई ३–२ सेटले पन्छाईछाड्यो । उपाधिको दाबेदार मानिएको आर्मीलाई पहिलो सेटबाटै दबावमा राखेको शसस्त्रले दोस्रो सेट गुमायो । यद्यपी अन्तिम सेटमा पनि आर्मीको हरेक प्रयासलाई विफल बनाउँदै शसस्त्र च्याम्पियन बन्ने लक्ष्यमा उभ्भियो ।

२५–२१ मा पहिलो सेट लिएको शसस्त्रले दोस्रो सेट भने कमजोर प्रदर्शन गर्दै १८–२५ ले गुमाउन पुग्यो । एक एक सेटले दुवैलाई जित तर्फ डोहोर्याउन उर्जाशिल बनाईदियो । तर तेस्रो सेट शसस्त्र प्रहरीले २५–२१ मै लिएर आर्मीलाई दबावमा राख्यो । आर्मीले पनि चौथो सेटलाई २०–२५ मा लिएर खेललाई निकै रोमाञ्चक बनाउँदै निर्णायक सेटमा पुर्याए ।

निर्णायक सेटमा आर्मीलाई १५–११ ले पछि पार्दै शसस्त्रले साविक विजेतामाथि रोमाञ्चक जित हासिल गर्दै अंक तालिकामा ९ अंक बटुलेको छ । त्रिभुवन आर्मी क्लब भने समान ३ खेलबाट ७ अंक जोडेको छ ।

मणिमुकुन्द भलिबल क्लब रुपन्देही तेस्रो दिनमा आईपुग्दा पहिलो जित दर्ता गर्दै तीन अंक जोड्दा ढोरपाटन स्पोर्टस क्लब भने अझै अंक विहीन छ । पोखरामा आयोजित चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार मणिमुकुन्दले ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै खातामा तीन अंक जोडेको छ । २५–२३, २५–२० र २५–१६ को सेटमा पराजित गर्दै मणिमुकुन्दले सम्भावित आशालाई जिवितै राखेको छ ।

sourece : kheladinews.com