इपिएल विजेताले २५ लाख पाउने

यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)कोविजेता टोलीले रु २५ लाख पाउने भएको छ । 

आयोजकइपिएल प्रालिले विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिगचरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो ।

गतवर्षको पुरस्काररकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाखपाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ ।