युनिप्स खेलकुद महोत्सवमा एथलेटिक्स जारी

- प्रतियोगिता मंगलबार सकिने

निजी तथा आवासीय विद्यालयको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स)को चौथो खेलकुद महोत्सव अन्र्तगत सोमबार पोखरा रंगशालामा एथलेटिक्सका खेल जारी छन् ।

सोमबार भएको लङजम्प छात्र मावितर्फ गेफका सुमन विक प्रथम, एकताका अमरेश गुरुङ द्वितीय, वेलननका शिव विक तृतीय र ज्ञानकुञ्जका दीपेन दुरा सान्त्वना भए । सोही विद्याको छात्रातर्फ कालिकाकी स्वस्तिका क्षेत्री प्रथम, सत्यसाईकी प्रतिभा गुरुङ द्वितीय, एकताकी विद्या पोखरेल तृतीय र वेलननकी प्रियंका कार्कीले सान्त्वना स्थान हासिल गरे ।

मावि छात्रतर्फ सटपुटमा वेलननका शिव विक प्रथम, माउन्ट हेभेनका निशान गुरुङ द्वितीय, ज्ञानकुञ्जका शुशील गुरुङले तेस्रो स्थान जिते । सोही स्पार्धाको छात्रातर्फको खेलमा वेलननकी मनिशा केसी प्रथम, गेफकी बबिता गुरुङ द्वितीय र स्माइल हेभेनकी निशा सुनार तृतीय रहे ।

प्रतियोगिता अन्तर्गत लङजम्प निमावि छात्रतर्फ वेलननका सुमन विक प्रथम, कालिकाका असीम खडका द्वितीय र ज्ञानकुञ्जका दर्पण रोक्का तृतीय भए । सोही स्पर्धाको निमावि छात्रतर्फ वेलननका सञ्जित विक प्रथम, राइजिङ सनका मनिष विक द्वितीय र पञ्चासेका सन्देश विक तृतीय भएका छन् ।

सटपुट निमावि छात्राको खेलमा ज्ञानकुञ्जकी आकृती गुरुङ प्रथम, वेलननकी रेखा पुन द्वितीय र कालिकाकी सफलता जिसी तृतीय भए । सटपुट निमावि छात्रतर्फको खेलमा पिनाकलका कुमार विक प्रथम, ज्ञानकुञ्जका दर्पण रोक्का द्वितीय र होली एन्जलका राजेश परियार तृतीय भएका छन् ।

महोत्सवमा मंगलबार सकिने प्रतियोगिता प्रचारप्रसार स्रंयोजक सन्तोष तिवारीले जानकारी दिए । १ सातादेखि चलेको खेलकुद महोत्सवमा १८ विद्यालयका ३ हजार विद्यार्थीले विभिन्न विधामा क्षमता प्रदर्शन गरेको युनिप्स अध्यक्ष शान्ताबहादुर गुरुङले बताए ।