हिमाली जिल्ला मुस्ताङमा ट्राफिक राजश्व बढ््यो

हिमाली जिल्ला मुस्ताङमा ट्राफिक राजजश्वमा अपेक्षाकृत बृद्धि भएको पाईएको छ ।अस्थायी जिल्ला ट्राफिक कार्यालय जोमसोमले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ५ महिना अविधिमा १२ सय ९५ सवारी साधनलाई कारवाही गर्दा ८ लाख ४० हजार राजश्व संकलन भएको हो ।गत आर्थिक वर्षको सुरुवाती ५ महिनामा ६ लाख ७७ हजार राजश्व संकलन भएको हो ।


अस्थायी जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरका अनुसार चालवर्षको श्रावणमा ६५ सवारी कारवाही गर्दा ६५ हजार,भदौमा १सय५ सवारी कारवाही गर्दा ६५ हजार,असोजमा ३ सय ८ सवारी कारवाही गर्दा १ लाख ९६ हजार ५ सय,कार्तिकमा ४सय९९ हजार सवारी साधन कारवाही गर्दा ३ लाख २८ हजार ५ सय र मंसिरमा ३सय१८ सवारी साधन कारवाही गर्दा २ लाख १२ हजार ५ सय राजश्व उठेको हो ।यस्तै,गतवर्ष मुस्ताङमा पर्यटक तथा तिर्थालुको आगमन हुने सिजनको असोजमा २ लाख ६६ हजार ५ सय,कार्तिकमा १ लाख ९४ हजार र मंसिर महिनामा १ लाख १४ हजार राजश्व उठेको थियो ।


पछिल्लो समय मुस्ताङमा सवारी साधनको चाँप बृद्धि भएकाले राजश्वमा वर्षेनी सुधारोन्मुख हुदै गईरहेको ट्राफिक प्रहरी सहायक निरीक्षक मगरको भनाई छ ।बेनी–जोमसोम सडकको स्तरोन्नति र यातायातमा क्रमिक सुधार हुदै जादा मुस्ताङ भ्रमण गर्ने पर्यटक बढेको उनले बताए ।चालुवर्षको असोज र कार्तिक महिनामा दैनिक करिव १ हजारको हाराहारीमा सवारी साधन मुस्ताङ भित्रिएको प्रहरी चौकी घासाले जनाएको छ ।


उपल्लो मुस्ताङमा अत्यधिक चिसो र सडकमा बरफ जमेका कारण त्यहा चल्ने सवारी साधनहरु एकसाता अघिादेखि बन्द भएको उपल्लो मुस्ताङ जीप व्यवसायी समितिका सदस्य देव गुरुङले जानकारी दिए ।‘छुसाङ–लोमान्थाङ सडकमा अत्यधिक बरफ जमेको छ,पर्यटकको उस्तो चाप छैन,’गुरुङले भने,‘जीप सबै मर्मतका लागि बेशी झरिसके,फागुन १५ देखि पुन यातायात सेवा सुचारु गछौं ।’ सरकारले सेन्डिकेट खारेज गरेपनि उपल्लो मुस्ताङमा सेन्डिकेट कायमै छ ।त्यहा निजी र पर्यटक सवारी साधन बाहेक अन्य सवारी साधन प्रबेशमा रोक लगाईएको छ ।त्यहा करिव ३५ वटा जति सवारी आलोपालो संञ्चालन हुने गरेको छ ।

छुसाङ देखि चैले,समर,भेना,घिलिङ,घमी,चराङ हुदै लोमान्थाङ सम्मको यात्राका लागि स्वदेशी पर्यटकलाई २ हजार रुपैया लाग्ने गर्छ ।हाल समर–भेना सम्म २ फिट भन्दा बढी बरफ जमेकाले सवारी साधन रोकिएको हो ।


’मुस्ताङमा अस्थायी ट्राफिक दरबन्दी ५ जनाको छ ।उनीहरुलाई काजमा खटाईएको हो ।जोमसोम ,घासा,मूक्तिनाथ र कागबेनीमा ट्राफिक निगरानी हुने गरेको मुस्ताङका डिएसपी महेन्द्र खड््काले जानकारी दिए ।उनले उपल्लो मुस्ताङ तर्फ जाने सवारी साधनमा वर्षेनी बृद्धि भएपनि हालसम्म ट्राफिक दरबन्दीको व्यवस्थापन हुन नसकेको बताए ।

‘उपल्लो मुस्ताङमा ट्राफिकको पहुच आवश्यक छ,माथिल्लो निकायमा समेत जानकारी गराएका छौ,’डिएसपी खड््काले भने,‘पूर्वाधार र जनशक्तिको खाचो छ ,ट्राफिक पहुच पुगे राजश्वमा थप सुधार हुन्थ्यो ।’


मुस्ताङमा ट्राफिकको निगरानी हुन थालेको करिव ५ वर्ष भएको छ ।५ जना ट्राफिक दरबन्दी खटाईएको मुस्ताङमा ट्राफिकको आफ््नै भवन छैन ।ट्राफिकका लागि कार्यसम्पादन तथा आवासका लागि साविक मार्फा सामूदायिक भवनको एउटा साघुरो कोठामा सिमिति थियो ।

मंसिर देखि कार्यालय तथा बस्नका लागि २ वटा कोठाको जोहो भएको हो ।ट्राफिक बसेको कोठाको भाडा मुस्ताङ जीप तथा बस व्यवसायी समितिले बुझाउदै आएकोमा आईजिपी सर्वेन्द्र खनालको मुस्ताङ भ्रमणपछि नेपाल सरकारले मासिक भाडा १२ हजार उपलब्ध गराएको डिएसपी खड््काले जानकारी दिए ।

सिजनेबल समयमा यो दरबन्दी थोरै भएको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।