विपी विचार राष्ट्रिय समाजको कार्य समिति विस्तार

विपी कोइरालाको विचारलाई जनताको तहसम्म पुर्‍याउन विपी विचार राष्ट्रिय समाज कास्कीले पुस ७ गते अन्तक्र्रिया गर्ने भएको छ । आइतबार शाखा विस्तार गर्दै जिल्ला संयोजक तीर्थ जंगलीले विपीको विचार नेपाल रहँदासम्म प्रभावकारी र उपयोगी रहिरहने बताए ।

जंगलीले विधानको परिच्छेद ५ अनुसार कास्की शाखा विस्तार गरेका हुन् । विस्तारित समाजको सहसंयोजकमा पद्यमशरण रेग्मी, सचिवमा फणिन्द्रराज कोइराला, सहसचिवमा कृष्णप्रसाद नेपाल, प्रवक्तामा कमल पौडेल र कोषाध्यक्षमा हिरादेवी शर्मा छन् ।सदस्यमा खेम गुरुङ, कृष्ण रानाभाट, विष्णुराज पराजुली, देवराज पन्थी, राजु केसी, हरिप्रसाद शर्मा, रामजी कोइराला, देविजंग गुरुङ र सकुन्तला गुरुङ रहेका छन् ।

समाजका केन्द्रीय सभापति कुलबहादुर गुरुङले जंगलीलाई गत मंसिरमा संयोजकको जिम्मा दिएका थिए । केन्द्रीय सभापतिको निर्देशन अनुसार कास्कीमा १५ सदस्यीय समिति विस्तार गरिएको संयोजक जंगलीले जानकारी दिए । समाजले ७७ वटै जिल्लामा शाखा विस्तार गरी समाजमा विपीको नीति र सिद्धान्तका वारेमा बहस चलाउने उल्लेख गरेको छ ।