निजी तथा आवाशिय विद्यालयको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (युनिप्स)को चौथो खेलकुद महोत्सब आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ ।
३ दिनसम्म चल्ने उक्त खेलकुद महोत्सव कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षेत्रीले उद्घाटन गरे । उनले खेलकुद र शिक्षा परिपुरक भएको बताए । प्रमुख क्षेत्रीले अनुशासन बिनाको खेलकुदको कल्पनासमेत गर्न नसकिनेमा जोड दिँदै भने, ‘खेल क्षेत्रमा प्रतिष्पर्धा भए पनि खेलकुदमा सहभागितामात्रै पनि महत्वपूर्ण हुन्छ ।’
महानगरका शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुखनारायण प्रसाद सुवेदीले खेलकुद जीवनको अभिन्न अंग भएको बताए । युनिप्सका संस्थापक अध्यक्ष एवम खेलकुद महोत्सवका संयोजक धु्रव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा युनिप्सका अध्यक्ष शान्ताबहादुर गुरुङ, खेलकुद महोत्सव उपसमिति संयोजक विनोदकुमार नेपाली, प्रथम उपाध्यक्ष विश्वराज खनाल लगायतले बोलेका थिए ।
आइतबार भएको मार्च पासमा वेललन एकेडेमी प्रथम भएको छ । १८ विद्यालय सहभागी मार्च पासमा सत्य साई द्वितीय, स्माइल स्मल हेभेन तृतीय र एकता सेकेन्डरीले चौथो स्थान हासिल गरेका छन् ।
८ सय मिटर मावि छात्रातर्फ कालिका माविकी स्वस्तिका क्षेत्री प्रथम, स्माइल स्मल हेभेनकी अनुजा पौडेल द्वितीय र वेललनकी रोजिना केसी तृतीय भए । छात्रतर्फ खुल्ला १ हजार ५ सय मिटरमा कालिकाका सुशान भुजेल प्रथम, वेलननका शिव विक द्वितीय र एकताका डेभिड कार्की तृतीय भए ।
निमावि ८ सय मिटर छात्रतर्फको खेलमा होली एन्जलका सञ्जय परियार प्रथम, वेलननका सौगात नेपाली द्वितीय, स्माइल स्मल हेभेनका सुजन विक तृतीय भएका छन् ।