वैध र विप्लवसँग महाधिवेसनपछि एकता : किराँती

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग चाडै एकता हुने बताएका छन् । उनले भने, ‘विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता हुन्छ ।’

मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो । माघभित्र आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ ।

पार्टी अध्यक्ष किराँतीले ‘जनयुद्ध’का बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए ।