
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशमा प्रगतिशील प्यानलले बाजी मारेका छन् । डा. बाबुराम भण्डारी सभापतिमा निर्वाचित भएका छन् । प्रगतिशील प्यालनबाट भण्डारीले ५ सय ६४ मत ल्याएर विजयी भएका हुन् ।
भण्डारीका प्रतिद्धन्द्धी राजेश भट्टराईले ४१५ मतमात्र पाए । ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट धु्रव भट्टराई उपसभापतिमा चुनिए ।
सचिवमा दीपक थापा विजयी भएका छन् । सहसचिवमा विष्णुप्रसाद खनाल कोषाध्यक्षमा शोभितबहादुर क्षेत्री निर्वाचित भएका छन् ।
सदस्यहरूमा हरिकला थापा गुरुङ, डा केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदीप न्यौपाने, सर्मिला गौतम र अनिशकुमार ढकाल विजयी
भएका छन् ।
प्रदेश अधिवेशनबाट केन्द्रीय सदस्यमा ओमप्रकाश गिरी चयन भएका छन् । उनले ५७५ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी रमेश बास्तोलाले ४०० मत पाएका छन् ।
एसोसिएसन गण्डकी प्रदेशमा १ हजार २ सय ४८ मतदाता रहेकोमा ९ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत निरण महर्जनले बताए ।