लोकसेवाले माग्यो सहसचिवसम्मका ३ सय कर्मचारी

 लोकसेवा आयोगले बिभिन्न समूहमा गरेर झण्डै ३ सयको हाराहारीमा कर्मचारीको माग विज्ञापन खुलाएको छ ।आयोगले व्यवस्थापिका संसद्, लेखा परीक्षण र न्याय सेवाका लागि अधिकृत, उपसचिव र सहसचिव पदमा खुला र समावेशी दुबैमा २ सय ९६ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले ३ वटै समूहमा अधिकृत, उपसचिव र सहसचिव पदसम्मका कर्मचारीको लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले आह्वान गरेको विज्ञापनमा खुलातर्फ १४२ जना रहेको छ । जसमा न्यायमा ९३, कानूनमा २९ र सरकारी वकिलका लागि २० जना माग गरेको छ । आयोगले विज्ञापनमा उल्लेख गरे अनुसार बाँकी रहेको पदमा समावेशी र आन्तरिक खुला प्रतिष्पर्धाका लागि खुलाएको हो । जसमा न्याय सेवामा उपसचिव ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवामा एकको लागि विज्ञापन खुलाइएको छ ।

लोकसेवा आयोगले ३ वटै समूहको पाठ्यक्रम पनि परिमार्जन गरेको छ । आयोगले न्याय सेवाका लागि प्रथम चरणको परीक्षा हटाएको छ । कम परीक्षार्थी सहभागी हुने अनुमान गर्दै आयोगले पहिलो पत्र हटाएको हो । आयोगले लेखा र संसद् समूहमा पनि चौथो पत्र हटाएको छ । आयोगले ऐच्छिक विषयका रुमा रहेको चौथो पत्र हटाएको हो । आयोगले चौथो पत्र हटाए पनि लेखा र संसद् समूहमा पहिलो पत्र अनिवार्य गरेको छ ।