कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार राती गाँजासहित कतार उड्न लागेका उनलाई प्रहरीले विमानस्थलबाटै प्रक्राउ गरेको हो ।
उनी नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका थिए । प्रक्राउ पर्नेमा मोरङको वलिगामा–४ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारु रहेको र उनको साथबाट एक हजार २ सय ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका गाँजा प्लास्टिकमा पोको पारेको अवस्थामा भेटिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।