चर्चित गीतकार बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।


संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो ।

कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिनेछ । बन्नीले तिलहरी, देउकी लगायतका चलचित्र निर्देशन गरेका छन् ।
प्रधानलाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लामालालाई गीत संगीतमा पुर्याएको योगदानको कदर गर्दै सम्मान दिन लागिएको हो ।

अमेरिकामा रहेका अधिकाम्स कलाकार तथा प्राबिधिकको सहभागीता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकार लगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राइले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् ।
करिब ५ हजार बढी दर्शकको उपस्थिती रहने बताइएको कार्यक्रममा आफुलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान दिन लागेकोमा निकै खुसी लागेको गीतकार लामाले बताए । सम्मान आफ्ना लागि मात्र नभएर सम्पुर्ण गीत संगीत क्षेत्रकै लागि भएको उनको भनाई रहेको छ ।
नेपाली संगीतिक क्षेत्रमा लामाले करिब ५ बढी गीत दिएका छन् । भुपु मायालु, छो रौल्पा ताल, समयले कोल्टे फेर्दा लगायत ३ समय भन्दा बढी हिट मानिन्छ । ३ गीति पुस्तक समेत सार्वजनिक गरेका लामाले केही समय पहिले राजधानीको राष्ट्रिय नाचघरमा आठौ एकल साँझ सम्पन्न गरेका थिए ।