समाजमा व्याप्त भ्रष्टाचारसम्बन्धी गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ ।
आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण भइरहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले बताए । “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत देखाउन खोजेका छौँ,” उनले भने ।
चलचित्रका कथाकार रञ्जु प्रधानले नेपाली युवामा विदेश जाने र त्यहीँ हराउने प्रवृत्ति बढिरहेको बताउँदै भ्रष्टाचार नहुने हो भने युवा पलायन रोकिने विचार राखिन् । शिक्षा नैतिकता र स्वच्छ चरित्र निर्माण गर्ने खालको हुनुपर्ने बताउँदै उनले समाजका यिनै बेथिति र यसले पारेको नकारात्मक असर चलचित्रमा देखाइने बताइन् ।
करिब १ करोड ६० लाख लागतमा तयार हुने अनुमान गरिएको चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल लगायतका कलाकारको भूमिका रहनेछ ।