अनसन थाले विद्यार्थीले

कास्कीका विद्यार्थी कक्षा ११ को विज्ञान विषयका नतिजामा राष्ट्रिय परीक्षा बोर्डले लापारवाही गरेको भन्दै अनसन बसेका छन् ।उनीहरुले कक्षा ११ को उत्तरपुस्तिका जाँच र रिजल्टमा बोर्डले ठूलो लापरवाही गरेको आरोप लगाएका छन् ।

अब्बल विद्यार्थीको पनि साह्रै कमसल नतिजा आएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । यसबाट विद्यार्थीले मानसिक यातना समेत भएको भन्दै अभिभावकहरु पनि आन्दोलित भएका छन् ।

लापरवाही भएका कापी फेरि जाँचेर रिजल्ट निकाल्नुपर्ने उनीहरुको माग छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, आखिल छैठौं र नयाँ शक्ति विद्यार्थी संगठनका नेताले रिले अनसन थालेका हुन् ।