सिडी विजय भ्वाइस अफ नेपालको फाइनलमा

पोखराका सिडी विजय अधिकारी कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको भ्वाइस अफ नेपाल प्रतियोगितामा फाइनल पुगेका छन् ।


२०० भन्दा बढी गीतमा स्वर दिइसकेका अधिकारी यसअघि पृथ्वीनारायण क्यामपसको स्वर्ण महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भएका थिए । पिएनसी आइडल, बिग एफएमको गायन प्रतियोगितामा बिग आइकनको उपविजेता भएका अधिकारी २०६७ मा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभामा उपविजेता भएका थिए ।


२०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितिामा गायनतर्पm सर्वप्रथम हुन सफल अधिकारी मदरल्यान्ड मावि पोखरामा कक्षा ७ मा अध्ययन गर्दा जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएका थिए । अधिकारी २८ गते शुव्रmबार बेलुका १० बजे हुने फाइनलका लागि कतार यात्राको तयारीमा लागेका छन् ।

फाइनलमा प्रवेश गरेका ४ जनालाई सांगीतिक यात्राको विश्व भ्रमण गर्ने अवसर प्राप्त भइसकेको छ । भ्वाइस अफ नेपालको विजेतालाई २५ लाख नगद, एउटा कार र २० लाख बराबरको संगीत सम्झौता हुने जनाइएको छ ।