पाेखराकाे हिमाञ्चल वाेर्डिङ स्कुल सेनेटरी प्याड युक्त

 हिमाञ्चल वाेर्डिङ स्कुल सेनेटरी प्याडयुक्त भएकने छ । सामाजिक जागरणका लागि नारी अभियानकाे पहल तथा विद्यालयकाे अायाेजनामा साेमवार विद्यालयलाइ प्याड युक्त विद्यालयका रुपमा घाेषणा गरिएको हाे ।

कार्यक्रममा विद्यालयका प्र.अ दिलप्रसाद गुरुङले विद्यालयमा केही वर्षअगाडि देखि सेनेटरी प्याडकाे व्यवस्थापन भएपनि शाैचालयमा व्यवस्थापन नगरिएकाे भन्दै अाजदेखि व्यवस्थापन गर्ने प्रतिवद्दता जनाए । उनले स सनाकुराले पनि विद्यार्थीलाइ संवेदनशील वनाउने हुदा यस्ता खालका कार्यक्रम र सचेतना हरेक विद्यालयले वेलावेलामा राख्नुपर्ने अावश्यकता समेत अाैल्याए ।

कार्यक्रममा अभियानका याेजनाकार अधिवक्ता तथा पत्रकार सुष्मा पाैडेलले प्रतिवद्तालाइ व्यवहारमा उतार्न अनुराेध गर्दै हरेक विद्यालयकाे शाैचालय, सेनेटरी प्याड व्यवस्थापन र खानेपानीका सम्वन्धमा अनुगमन गरिने भन्दै सम्पूर्ण विद्यालयमा व्यवस्थापन गर्न अनुराेध गरिन् । उनले अभियानका वारेमा सहजिकरण गर्दै सचेतना समेत जगाएकी थिइन् ।कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानका सदस्य तथा विद्यालयका कर्मचारी उशा गाेशेलीले स्वागत तथा विद्यार्थी सृष्टि राहुतले सञ्चालन सहित विद्यार्थीका तर्फवाट वाेलेकी थिइन् । कार्यक्रममा शिक्षक तथा विद्यार्थीकाे सहभागी ता रहेको थियाे ।