युवा बर्गलाई लागु औषध दुव्र्यसनी सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा सचेतना मूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बढदो लागु पदार्थ सेवन र लागु औषध तस्करीबाट हुने पारिवारीक तथा समाजिक क्षतिको जानकारी गराउने उद्देश्यले मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)को आयोजना र खजुरा गाँउपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले लागु औषध तस्कर खतरनाक भएको बताउदै लागु औषध तस्करले समाजको हत्या गर्ने भएकोले जुनसुकै हालतमा पनि यसको नियन्त्रण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
गाँउपालिका अध्यक्ष कक्षपतिले लागु औषध नियन्त्रण गर्नका लागि गाँउपालिकले सामाजिक संस्थाहरु संग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनु भएको थियो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले खुल्ला सिमानाको फाइदा उढाउदै लागु औषध तस्करहरुले यस क्षेत्रका युवाहरुलाई बिभिन्न प्रकारको कुलतमा फसाएको बताउदै लागु औषध मुक्त खजुरा गाँउपालिका बनाउन प्रहरीले नागरिकहरु संग हातेमालो गरेर काम गरिरहेको बताउनु भएको थियो ।
उहाँले समूदायिक प्रहरी साझेदारी अभियान सुरु भई सकेकोले अब स्थानीय स्तरमा देखा परेका समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय धाउनु नपर्ने स्थानीय स्तरमा नै सहज रुपमा समाधान गर्न सक्ने बताउनु भयो ।
यस्तै हुरीपपका अध्यक्ष एंव थर्ड एलायन्सका प्रमुख आलम खानले सबैलाई स्वागत गर्दै युवा पुस्ता लागु औषधको दुरुपयोग र लागुपदार्थको दुव्र्यसनमा फस्ने क्रम बढदै गएको हुदाँ त्यसलाई रोक्न शैक्षिक प्रतिष्ठानहरु समेत अखडा बन्न सक्ने सम्भावनालाई अन्त्य गर्नका लागि हुरीपपले जिल्लामा लागु औषध बिरुध सचेतनामूलक काम सुरु गरेको बताउनु भएको थियो ।
स्थानीय निकायले प्रदान गरी रहेको सेवाको प्रभावकारीताको निरन्तर अनुगमन गर्ने खानले बताउनु भयो । उहाँले मानव अधिकार उल्लघनका घटनाहरुको दस्ताबेजीकरण गरी पिडितलाई न्याय दिलाउनका लागि कानूनी रुपमा सहयता प्रदान गर्ने बताउनु भएको थियो ।
हुरीपपका उपाध्यक्ष शक्ति कुमार बंशकारले लागु औषध तस्करीको अवस्था नेपालमा अहिले भयाबह रुपले बृद्धि भएकोले तस्करी रोक्न प्रहरी मात्र नभएर जनतालाई पनि सक्रिय भएर लाग्नु पर्ने बताए ।
उहाँले लागु औषधको अबैध दुव्य्रसन र तस्करको समस्या बिश्वकै लागि चुनौतिपूर्ण भएको बताए । बंशकारले लागु औषधको सेवन नभई दुव्य्रसन,बैध नभई अबैध उत्पादन,तस्करीले आर्जित अकूत धनराशीको गलत कार्यमा दुरुपयोग हुनाले बिश्वमा नै जटिल समस्या उत्पन्न भएको बताउनु भयो ।
समूदायिक सेवा केन्द्र बाँकेका उपाध्यक्ष दिपेन्द्र कुमार जेशीले नशा सेवन गरेर नानाखालका समस्या निम्त्याउनु भन्दा कहिले सेवन नगर्न सुझाव दिनु भयो उहाँले यसबारे सत्यतथ्य आफूले जानेर बुझेर र अरुलाई बुझाएर यसको प्रयोगलाई निरुत्साहित गर्नु जरुरी रहेको बताउनु भएको थियो ।
हुरीपपका उपाध्यक्ष एंव नेपाल इक्रा एजुकेनशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाँउपालिका उपाध्यक्ष किस्मत कुमार कक्षपति, प्रहरी उपरिक्षक अरुण पौडेल,वडा नं.७का अध्यक्ष अतिउल्लह खान,हुरीपपका सदस्य रश्मी खत्री,मोहीनी बाल्मीकी,स्थानीय प्रह्री,बिद्यालयका प्रधानाध्यपक, स्वयसेविका, बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बिभिन्न किसिमको संस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै लागु पदार्थ सेवनलाई त्यागेर परिवार संगै जीवन बिताईरहेका सोनपुरका झब्बर भाटलाई नगद राशीले गाँउपालिका प्रमुखले सम्मान गरेका थिए । कार्यक्रमको संचालन हुरीपपका सचिव असलम भाटले गरेका थिए ।