उवासंघ बागलुङ अध्यक्षमा युवराज विजयी

उद्योग वाणिज्य संघ बागलुङको १७ औं अध्यक्षमा युवराज राजभण्डारी निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा खसेको १ हजार १ सय ३३ मतमा युवराज राजभण्डारीले ५ सय ९४ मत प्राप्त गर्दै १७ औं अध्यक्ष बन्न सफल भएका हुन् ।

उनका प्रतिद्वन्द्वी दयाराम पौडेलले ५ सय १९ मत प्राप्त गरे । ७५ मतान्तरले राजभण्डारी आगामी तीन बर्षको लागि उवासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य सदस्यहरुको मत परिणाम भने आउने क्रम जारी छ ।