अशोक लेल्यान्डले शुक्रबार पोखरामा शाखा विस्तार खोलेको छ । अशोकको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई ग्रुपले पोखरामा सो रुम खोलेर गाडी बिक्री सुरु गरेको हो ।
ग्रुपले सेल्स, सर्भिस र स्पेयर्स सेवा एकै ठाउँबाट दिन मिल्ने गरी पोखरा, चाउथेमा सेवा सुरु गरेको आइएमई मोटर्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले बताए । उनले भने, ‘गण्डकी प्रदेशमा अशोका लेल्यान्ड गाडीको राम्रो माग छ । त्यसैले सेवालाई अझंै गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्य राखेका छौं ।’
नेपालमा हाल अशोका लेल्यान्डका ट्रक, टिपर, बस, स्कुल बस, पिकअप भ्यान, कन्टेनर आदि बिक्री वितरण भइरहेको कम्पनीका उपाध्यक्ष रवि पांगाले बताए । ‘माग राम्रो भएकै कारण नेपाल भर अहिलेसम्म १३ वटा सोरुम खुलिसकेको छ,’ उनले भने ।
सो रुम १० रोपनीमा फैलिएको छ । जापानिज प्रविधिमा बनेको गाडीमा प्रयोग भएको हिनो एचसिरिज इन्जिन बलियो तथा लामो समय टिक्ने पांगाले बताए ।
पोखराका उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सो रुम उद्घाटन गर्दै प्रतिष्ठान स्तरमा गाडीले राम्रो सेवा दिँदै आएको बताए ।