अटिजमबारे छलफल


अटिजम केयर नेपाल सोसाइटी काठमाडांै र कास्कीले संयुक्त रुपमा अटिजमसँग सरोकार राख्ने सम्पूर्ण निकायसँग छलफल गरेका छन् ।


अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपांगता हो । जसलाई मस्तिष्क विकासको विकार पनि भनिन्छ । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ ।
अटिजम प्राय जसो जन्मेको ३ वर्ष भित्र प्रष्ट रुपमा देखिन्छ र यो जीवनभर रहिरहन्छ ।

अटिजमका लक्षण फरक फरक हुन्छन् । तर मुल समस्याको रुपमा सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई, सामाजिक सीप बुझ्न र गर्न कठिनाइ र दोहोयाएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु यसका लक्षण हुन् ।


अटिजम केयर नेपाल सोसाइटी काठमाण्डौँका अध्यक्ष डा. सुनिता मलेखु अमात्यको अध्यक्षतामा र गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल उपस्थितिमा भएको कार्यक्रम सञ्चालन सम्राट गुरुङले गरेका थिए ।