सृजना विकास केन्द्रमा नयाँ समिति

सृजना विकास केन्द्रको अध्यक्षमा मीनप्रसाद भट्टराई निर्वाचित भएका छन् । शनिबार भइको अधिवेशनबाट शान्ति शर्मालाई पराजित गर्दै भट्टराई अध्यक्ष बनेका हुन् ।प्रथम उपाध्यक्षमा ईन्द्रप्रसाद पौडेल, द्वितीय उपाध्यक्षमा पार्वती उपाध्यय बराल, महासचिव राधिका रेग्मी, सचिवमा चन्द्र गिरी र कोषाध्यक्षमा कमलादेवी गिरी सर्वसम्मत भए । सदस्यमा तुलसीप्रसाद बराल र पवित्रा पौडेल केसी चयन भएको निर्वाचन संयोजक राजकुमार गिरीले जानकारी दिए । २ सदस्य पछि मनोनित गर्ने बताइएको छ ।

निर्वाचन समितिको संयोजकमा पूर्व अध्यक्ष तथा सल्लाहकार राजकुमार गिरी र सदस्यमा पूर्व अध्यक्ष तथा सल्लाहकार तारा गिरी र कानुनी सल्लाहकार एकनारायण अर्याल थिए ।अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले सृजना विकास केन्द्रको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । सम्पूर्ण सदस्य तथा स्थानीय अभिभावकलाई समेटेर आफू अगाडि बढ्ने उनले बताए ।