बागलुङ उद्योग वाणिज्य संघको मतदान चल्दै

- पूर्वसांसद र मेयरले पनि गरे मतदान

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि बागलुङ बजारको बालमन्दिर परिसरमा अहिले मतदान चलिरहेको छ । विहान ८ बजेदेखि सुरु भएको मतदानमा जयन्द्रप्रसाद श्रेष्ठले पहिलो मतदान गरे ।

अहिलेसम्म २ सय ९२ मतदाताले मतदान गरिसकेका मूख्यनिर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए । बागलुङ उद्योग वाणिज्य संघका संस्थापक ८५ वर्षिय हरिगोविन्द राजभण्डारीले पनि मतदान गरे । त्यस्तै पूर्वसभासद रत्ना शेरचन, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले मतदान गरिसकेका छन् ।

विहानैदेखि सुरु भएको मतदानमा चिसोका कारणले काम मतदाता पुगेको आयोजकले जनाएको् छ । अध्यक्षका प्रत्यासी युवराज राजभण्डारी र दयाराम पौडेलले मतदान स्थलको प्रवेशद्वारामा उभिएर मतदातालाई स्वागत गरिरहेका छन् । बालमन्दिर परिसरमा उम्मेदवार र उनीहरुका समर्थकले मतदातालाई स्वागत गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।

१ हजार २ सय २२ मतदाता रहेको निर्वाचनमा अध्यक्षसहित १९ सिटका लागि निर्वाचन भईरहेको छ । ३८ उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेल चुनावी मैदानमा छन् । दुवै जनाले छुट्टा छुट्टै प्यानल बनाएर चुनाव लडेका छन् ।