कैलाश बैंक धरान र जितपुरमा

कैलाश विकास बंैक लिमिटेडले सुनसरीको धरान र कपिलवस्तुको जितपुरमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।

शुक्रबार धरान शाखाको प्रदेश १ का अर्थिक मामला तथा योजना मत्री इन्द्रबहादुर आङ्वो र कपिलवस्तु शाखाको प्रदेश नं ५ का सांसद विष्णुप्रसाद पन्थीले उद्घाटन गरे ।

कका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले अब नयाँ शाखासहित बैंकको शाखा संख्या ७६ र एटिएम संख्या २८ पुगेको बताए । बैंकले चाडै धनुषाको महेन्द्रनगर, रौतहटको गौशाला, सिराहाको सिराहाबजार, पर्साको पोेखरिया, सुनसरीको देवानगञ्जमा शाखा खोल्ने तयारी गरेको छ ।