एल. आइ. सि (नेपाल) लि, वालिङ्ग शाखाले विमा रकम हस्तान्तरण गरेको छ । माझकोट -२ शिवालय, स्याङ्जा निवासी डोलराज शर्माले वि. स २०६७/१०/१४ मा एल.आइ.सि (नेपाल) लि. मा १५ बर्षे अवधिको २ लाख बिमाङ्क रकमको जिवन बिमा पोलिसी खरिद गर्नु भएको थियो । वि.स २०७५/०६/२० मा आफ्नै निवासमा विमित दिवङ्गत हुनुभाएकाले निजको श्रीमती देवी माया शर्मा लाई शाखाका शाखा प्रबन्धक निर्दोष वाग्ले, एल. आइ. सि (नेपाल) लि. का बरीष्ठ एजेन्सी म्यानेजर रुक ब. गुरुङ्ग र सफल अभिकर्ता एवम एजेन्सी म्यानेजर औ ब. गुरुङ्गले २ लाख ९५ हजार ६ सय रुपैया रकम हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता कमल प्र. गुरुङ्ग, लाल प्र. गुरुङ्ग, तुसिला गुरुङ्ग, चिनु गुरुङ्ग एवम स्थानियवासिको उपस्थिती रहेको थियो ।