बागलुङ उद्योग वाणिज्य संघको १७ औँ अधिवेशन तथा ५५ औँ वार्षिक साधारण सभाको शुक्रबार बागलुङ बजारमा उद्घाटन हुँदैछ । महाधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले होटेल दि राजनको हलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा महासंघकै उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका उद्योगी व्यवसायी, सांसद्, जनप्रतिनिधिसहित सरोकारवालालाई अतिथिको रुपमा निम्त्याईएको छ । कार्यक्रमको उद्घाटनपछि शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
१ हजार १ सय ६५ मतदाता रहेकोमा व्यवसायीहरुले दुई फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । बरिष्ठ उपाध्यक्ष युवराजराज भण्डारी र महासचिव दयाराम पौडेलले मंसिर १४ गते नै आफ्नौ प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् । उद्घाटन कार्यक्रम अहिले साढे ११ बजेदेखि सरु हुने आयोजकले जानकारी दिएको छ ।