त्रिभुवन विश्वविद्यालयमा धर्म परिवर्तन सभा

त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकायमा भएको किस्चियन धार्मिक प्रवचन कार्यक्रम विद्यार्थीको विरोधमा बिथोलिएको छ ।

वातावरण तथा विज्ञान संकायले अडिटोरियम हलमा गरेको धर्म रुपान्तरण सम्बन्धी प्रवचन कार्यक्रम नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी नजिकका विद्यार्थीहरुले विथोलेका हुन्। त्रिविको हातामा धार्मिक कार्यक्रम गर्न नपाइने भन्दै कार्यक्रम हस्तक्षेप गरेको त्रिवि नेविसंघ इकाइ सभापति हरी आचार्यले बताए ।

उक्त संकाय प्रमुख प्रा डा रोजिना मास्केले बोल्दै गर्दा विद्यार्थीहरुले ब्यानर च्यातेका थिए । कोरियन क्रिश्चियन धर्मगुरुहरुले धार्मिक प्रवचन गर्ने कार्यक्रममा ३ सय बढी सहभागी भएको बताइएको छ ।

त्रिविको हाताभित्र धर्म रुपान्तरण कार्यक्रम गरेको अभियोगमा संकाय प्रमुख मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउपछि उनलाई किर्तिपुर प्रहरी चौकी लगिएको छ ।