पत्रकार सरिता सम्मानित

एनएस क्लब ललितकला पत्रकारिता पुरस्कारबाट पत्रकार सरिता तिम्सिना पगेनी सम्मानित भएकी छन् ।

बुधबार स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नगद रु ११ हजार ५ सय ५५ र सम्मानपत्रसहित उनलाई सम्मान गरेका हुन् ।

तिमिल्सिनाले अग्रज पत्रकारको हातबाट सम्मान पाउँदा गौरव वोध भएको बताइन् । उनले यसले आफूलाई थप ऊर्जा मिलेको उल्लेख गरिन् । अध्यक्ष बास्तोलाले कलाकार र कलाकारिता क्षेत्रलाई राज्यले उचित सम्बोधन गर्न नसकेको बताए । उनले स्वतन्त्र र निर्भिक पत्रकारिता सधै जरुरी भएकोमा जोड दिए ।

पुरस्कृत तिमिल्सिना पोखरा पोस्ट डट कम, रेडियो अन्नपूर्ण र हाम्रा कुरा डट कममा कार्यरत छिन् ।