पेकमा स्ववियु स्थापना हुने

पोखरा इन्जिनियरिङ कलेज –पेक) प्रशासनमा लगाइएको ताला खोलिएको छ । गत आइतबार विद्यार्थीले लगाएको ताला मंगलबार खुलेको छ ।

मंगलबार कलेज प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीबीच भएको त्रिपक्षीय वार्तामा १० बँुदे सहमति भएपछि ताला खोलिएको अनेरास्ववियुका नेता किशोर सुवेदीले बताए । ‘केही साथीले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पोखरा इन्जिनियरिङ कलेजमा असम्भव छ, यस्तो झन्झटमा नलागांै भन्दै हुनुहुन्थ्यो’, सुवेदीले भने ।

नेविसंघले लगाएको ताला फोडिनु कलेज प्रशासनको कमजोरी भएको र आगामी दिनमा यस्ता गल्ती कमजोरी नदोहो¥याउने प्रतिबद्धता कलेज प्रशासनले गरेको छ । कलेज प्रशासनमा भएको तोडफोड र प्रशासनका कुर्सी आगजनीबारे नेविसंघले जिम्मेवारी लिँदै माफी मागेको छ ।

कलेजमा स्वतन्त्र विद्यार्थी युनियन स्थापनाको लागि कलेज प्रशासनबाट २ जना, कलेजमा क्रियाशील संगठनबाट १÷१ जना प्रतिनिधि बनाएर पोखरा विश्वविद्यालयसँग समन्वय गरी यथाशीघ्र स्ववियु चुनावको मिति घोषणा गर्ने सहमति पनि भएको छ ।

अनियन्त्रित रुपमा छरिएको निर्माण सामग्रीको उचित व्यवस्थापन, कलेजमा रहेको मल्टिमिडियाको संख्या वृद्धि, व्यवस्थित पार्किङ र खेलमैदान, लाइब्रेरीको आधुनिकीकरणसँगै रहेका पुस्तकको संख्या वृद्धि लगायत विषयमा सहमति भएको अखिल क्रान्तिकारीका नेता भीष्मराज पौडेलले जानकारी दिए ।