सरकारले नटेरे आन्दोलन कडा बन्ने चेतावनी

नेपाल खानेपानी संस्थानमा १८ दिनदेखिको आन्दोलनमा सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल राष्ट्रिय समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले कर्मचारीका माग सम्बोधन नभए कडा आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।

संयुक्त कार्यदलका संयोजकसमेत रहेका पौडेलले सरकार कसको छ भन्दापनि मजदुरको समस्या कस्तो छ भन्नेमा आफूहरु लाग्ने धारणा व्यक्त गर्दै खानेपानी संस्थानमा आफूहरुको पूर्ण ध्यान रहेको बताए ।

४ वटा युनियनको सम्लग्नतामा गठित संयुक्त संघर्ष समितिको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाहीले खानेपानीका कर्मचारीलाई यो व त्यो वाहानामा रोजगारी सुरक्षित नगरिए आफूहरु चुप लागेर नबस्ने बताए ।

संघर्ष समितिका संयोजक रामजी अर्यालको अध्यक्षता, सहसंयोजक पदमहरि राईको सञ्चालनमा भएको सभामा नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष दीर्घराज ढुंगानाले कर्मचारीको एकतामा जोड दिँदै खानेपानी मन्त्रालयको ढिला सुस्तीका कारण आन्दोलन कडा बन्दै जाने बताए ।

बुधबारको आन्दोलनमा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख निरण महर्जनले ऐक्ववद्धता जनाउँदै बार्ताले सार्थक रुप लिनेमा आफू विश्वस्त भएको धारणा दिएका थिए ।

आन्दोलनमा नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराई, नेपाल खानेपानी संस्थान राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष एवं संघर्ष समितिका प्रवक्ता समीर पण्डित, राष्ट्रिय कर्मचारी संगठन खानेपानीका अध्यक्ष झगबहादुर डाँगी, नेपाल खानेपानी संस्थान विरगञ्ज शाखाका कामु सहायक लेखा अधिकृत कैलाश दाहाल लगायतले आन्दोलनलाई कसैले रोक्न नसक्ने भन्दै विगत २२÷२३ वर्षदेखि कार्यरत कर्मचारीको रोजगारीको अवसर सुरक्षित गर्न कुनै कसर बाँकि नराख्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

नेपाल संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा मंसिर २ गते र संस्थानको २४ वटै शाखा कार्यालयमा मंसिर १० गतेदखि भाएको आन्दोलनले कर्मचारीका माग पूरा हुनु पर्ने संघर्ष समितिका सूचना अधिकारी एवं नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले जानकारी दिए ।

युनियनले संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्ने, रिक्त सञ्चालक समितिको अध्यक्ष नियुक्ति गरिनुपर्ने, २०६६ सालमा खोलिएको विज्ञापनको पूर्ण कार्यान्वयन हुनुपर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने जस्ता माग राखेर आन्दोलन सुरु गरेको थियो ।

३ सय ५० करार र २ सय स्थायी कर्मचारीको समस्या हल नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ । यता खानेपानी मन्त्रालयले सहसचिव मनोज घिमिरेको संयोजकत्वमा गठित वार्ता टोलीले संस्थान सञ्चालक समिति अध्यक्ष नियुक्ति नहुँदासम्म कर्मचारीका समस्या हल नहुने निष्कर्ष निकालेपछि बुधबारको बार्ता स्थगित भएको छ ।

संस्थानमा भएको वार्तामा संस्थान ऐन, विनियम र नियमावलीका आधारमा कर्मचारीका माग पूरा गरिँदै लगिने अनौपचारिक सहमति भएको बार्तामा सहभागी भएका नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराईले जानकारी दिए

  1. खानेपानी संस्थानमा १८ दिनदेखिको आन्दोलनमा सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल राष्ट्रिय समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले कर्मचारीका माग सम्बोधन नभए कडा आन्दोलन छेड्ने चेतावनी दिएका छन् ।

संयुक्त कार्यदलका संयोजकसमेत रहेका पौडेलले सरकार कसको छ भन्दापनि मजदुरको समस्या कस्तो छ भन्नेमा आफूहरु लाग्ने धारणा व्यक्त गर्दै खानेपानी संस्थानमा आफूहरुको पूर्ण ध्यान रहेको बताए ।

४ वटा युनियनको सम्लग्नतामा गठित संयुक्त संघर्ष समितिको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाहीले खानेपानीका कर्मचारीलाई यो व त्यो वाहानामा रोजगारी सुरक्षित नगरिए आफूहरु चुप लागेर नबस्ने बताए । संघर्ष समितिका संयोजक रामजी अर्यालको अध्यक्षता, सहसंयोजक पदमहरि राईको सञ्चालनमा भएको सभामा नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष दीर्घराज ढुंगानाले कर्मचारीको एकतामा जोड दिँदै खानेपानी मन्त्रालयको ढिला सुस्तीका कारण आन्दोलन कडा बन्दै जाने बताए ।
बुधबारको आन्दोलनमा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख निरण महर्जनले ऐक्ववद्धता जनाउँदै बार्ताले सार्थक रुप लिनेमा आफू विश्वस्त भएको धारणा दिएका थिए ।
आन्दोलनमा नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराई, नेपाल खानेपानी संस्थान राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष एवं संघर्ष समितिका प्रवक्ता समीर पण्डित, राष्ट्रिय कर्मचारी संगठन खानेपानीका अध्यक्ष झगबहादुर डाँगी, नेपाल खानेपानी संस्थान विरगञ्ज शाखाका कामु सहायक लेखा अधिकृत कैलाश दाहाल लगायतले आन्दोलनलाई कसैले रोक्न नसक्ने भन्दै विगत २२÷२३ वर्षदेखि कार्यरत कर्मचारीको रोजगारीको अवसर सुरक्षित गर्न कुनै कसर बाँकि नराख्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

नेपाल संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा मंसिर २ गते र संस्थानको २४ वटै शाखा कार्यालयमा मंसिर १० गतेदखि भाएको आन्दोलनले कर्मचारीका माग पूरा हुनु पर्ने संघर्ष समितिका सूचना अधिकारी एवं नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले जानकारी दिए ।

युनियनले संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्ने, रिक्त सञ्चालक समितिको अध्यक्ष नियुक्ति गरिनुपर्ने, २०६६ सालमा खोलिएको विज्ञापनको पूर्ण कार्यान्वयन हुनुपर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने जस्ता माग राखेर आन्दोलन सुरु गरेको थियो । ३ सय ५० करार र २ सय स्थायी कर्मचारीको समस्या हल नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

यता खानेपानी मन्त्रालयले सहसचिव मनोज घिमिरेको संयोजकत्वमा गठित वार्ता टोलीले संस्थान सञ्चालक समिति अध्यक्ष नियुक्ति नहुँदासम्म कर्मचारीका समस्या हल नहुने निष्कर्ष निकालेपछि बुधबारको बार्ता स्थगित भएको छ । संस्थानमा भएको वार्तामा संस्थान ऐन, विनियम र नियमावलीका आधारमा कर्मचारीका माग पूरा गरिँदै लगिने अनौपचारिक सहमति भएको बार्तामा सहभागी भएका नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराईले जानकारी दिए ।