पोखरामा पनि निर्मलाको न्यायका निमित्त नेविसंघले सडक आन्दोलन सहित “सरकार भेटियो न्याय भेटिएन” लिखित निर्मलाको तस्विर भएको पोस्टर टालिएको छ । पछिल्लो समय सरकारले चालेको कदम प्रती असन्तुष्टि जनाउदै नेविसंघले कास्किमा निर्मलाको निमित्त न्याय भन्दै आन्दोलनको शुरूवात गरेका छन ।
नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले अधिनायकवादी सरकारले जनविरोधी कदम चालेको बताएका छन । क्रीस्चियन धर्मको प्रचार प्रसार गर्दै नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गराउनु नेपाल र नेपाली भावना सङ्ग खेलेको बताए । चार महिना अघि भएको निर्मला पन्तको हत्यारा लुकाउने काम ओलि सरकारले गरेको नेविसंघको ठहर छ ।
आन्दोलनमा विधार्थी नेता गोपाल गुरुङ्ग, गोबिन्द नेपाली, दिपक शर्मा लगायतको सहभागिता रहेको थियो । प्रधानमन्त्री केपि शर्मा ओलिको राजिनामाको माग गर्दै नाराबाजिसहित आन्दोलन गरेका हुन ।
निर्मला पन्तको हत्यारा तत्काल पत्ता नलगाए आन्दोलन थप चर्काउने चेतावनी नेविसंघले दिएको छ । सरकारले यस्तै कदम चाले सरकार ढाल्न नेविसंघ पछि नहट्ने विधार्थी नेता गोविन्द नेपालीले बताए । सामन्तवादी शासनले लोकतन्त्र माथी सोझै प्रहार गरेको नेपालिको भनाइ थियो ।