द्वन्द्वकालका बेला बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ताको सूचीमा रहेका १९ व्यक्ति जीवितै घर फिर्ता भएको दाबी गरेको छ ।
आयोगको अनुसन्धानको क्रममा बेपता सूचीमा परेका व्यक्ति जीवितै फिर्ता भएको आयोगले दावी गरेको हो ।
आयोगका अनुसार कञ्चनपुरका कृष्णप्रसाद दुलाल, देवेन्द्रसिंह कुँवर र धनबहादुर दाहाल, नुवाकोटका लक्षण भट्ट र सन्त कुमारी तामाङ, बर्दियाका धनबहादुर खड्का र अशोक शर्मा, महोत्तरीका गंगा मण्डल, चितवनका गंगाधर तिम्सिना, ओखलढुंगाका गोपी भट्टराई, इलामका कुमार विक, झापाका सोमनाथ खनाल, धनुषाका हरिदेव कुसियत, डडेलधुराका कालुसिंह ठगुन्ना, ललितपुरका राजकुमार रानामगर, नवलपरासीका केशव उपाध्याय, सल्यानका महालमान बस्नेत र धनबहादुर दमाई र कैलालीका हेमराज जोशी घर फिर्ता भएका हुन् ।
यसैबीच, आयोगले परिपूरण र कारबाही समेटिएको प्रतिवेदन सरकारलाई बुझाउने तयारी समेत गरेको छ ।