झापााको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले मंगलबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।
भन्सार विभागका महानिर्देशक श्रीतोयम रायाले जलेश्वर भन्सार राजश्व संकलन काउण्टरको उद्घाटन गरी प्रभु बैंकको एक्स्टेनसन काउण्टरको उद्घाटन गरेका हुन् ।
छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातमा बृद्धि भई राजश्व संकलनमा बृद्धि हुने विश्वास लिइएको छ ।