१६ औं कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र÷छात्रा दुबैतर्फको बास्केटबल उपाधि टप्स माविले जितेको छ । कास्की जिल्ला बास्केबल संघले आयोजना गरेको यो प्रतियोगिताको उपाधि टप्सले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
सोमबार भएको छात्रतर्फको फाइनल खेलमा टप्सले माउन्ट अन्नपूर्ण माविलाई ८५–४१ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । छात्रातर्फको फाइनलमा टप्सले माउन्ट अन्नपूर्ण माविलाई ४५–१३ को स्कोरले पराजित ग¥यो ।
उपाधि विजेता टप्सले नगद १० हजार रुपैयाँ र उपविजेता माउन्ट अन्नपूर्णले नगद ६ हजार रुपैयाँ प्राप्त गरेको छ । छात्रतर्फ हिल पोइन्ट मावि तेस्रो भयो । लिटिल स्टेप मावि छात्रातर्फ तेस्रो बन्न सफल रह्यो । तेस्रो स्थान हासिल गर्ने छात्र÷छात्रा टिमले नगद ४ हजार प्राप्त गरे ।
प्रतियोगितामा छात्र तर्फ टप्सका उत्कृष्ट खेलाडी रहे भने माउन्ट अन्नपूर्णका खबिन थापा मगरले २२ स्कोर गर्दै उच्च स्कोरर बन्न सफल रहे । छात्रातर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी र माउन्ट अन्नपूर्णकी उच्च स्कोरर घोषित भए ।
विजेता टिमलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, शिक्षा प्रेमी एवं समाजसेवी कर्णेल जेपी क्रस, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा लगायतले कप, मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।