सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुने सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) ले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २० औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले (भीमसेन) बताउँछन् । उनले रेवानले स्थानपनाकालदेखि नै व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनसँगै पर्यटकीय गतिविधिमा विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।
सहिद चोकदेखि खहरे, डिहीकोपाटनसम्मको झण्डै ३ किमी दूरीमा आयोजना हुने सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गतिविधि हुने महासचिव गणेश थापाले जानकारी दिए ।
महोत्सवलाई सभ्य र भव्य बनाउन अध्यक्ष भुजेलको संयोजकत्वमा २६ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएकोे छ ।
महोत्सवमा पर्यटकको स्वाद र रुचि अनुसारका राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय परिकारका खानाहरू सडकमै उपलब्ध गराइनुका साथै महोत्सवमा मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकूद, वृत्तचित्र प्रदर्शनी, बालउद्यान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।