बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिता

बगर भाइखलकले भेट्रान एट–ए साइड फुटबल प्रतियोगिताको ८ औं संस्करणको तयारी थालिएको जनाएको छ । ‘स्वर्गीय रंजित गुरुङ स्मृति बगर भाइखलक एट–ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ आगामी माघ ८ देखि सुरु हुने संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

‘स्वास्थका लागि नौलो आयाम, दिनमा १ घण्टा ब्यायम’ नारालाई आत्मसाथ गर्दै बगर भाइखलकले टुँडिखेल मैदानमा एट–ए साइड भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ८ औं संस्करणका लागि अध्यक्ष दिलबहादुर गुरुङ संयोजक रहेका छन् भने सहसंयोजक तेज गुरुङ, अर्थिक उपसमिति संयोजक इश्वर गुरुङ र चक्रप्रसाद गौचन (खगेन्द्र), मञ्च व्यवस्थापन ओमकार गिरी, प्राविधिक, अनुशासन तथा न्याययिक समितिमा दीनेश श्रेष्ठ र टिम व्यवस्थापनमा इश्वर गुरुङ (चन्द्र) रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न याम गुरुङ, धन गुरुङ (सन्तोष), खगेन्द्र गुरुङ, नारायणप्रसाद शर्मा, इश्वर गुरुङ (चन्द्र), बाबुराम पौडेल, प्रदिप राई (दारा सिंह), मानकाजी गुरुङ, रमेशकुमार श्रेष्ठ, मदन केसी, हिटलर घले लगायतको विभिन्न उपसमितिमा रहेका छन् ।
प्रतियोगितामा बिजेता टिमले १ लाख र उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संस्थाले मंसिर १८ देखि २२ गतेसम्म हेटौडामा आयोजना हुने भेट्रान फुटबल प्रतियोगितामा बगर भाइखलकले २ टिम सहभागिताका लागि पठाउने जनाएको छ ।