शिङ्गो मुस्ताङले चिन्ने, सबैको मनमष्तिक अमिट छाप कायम गर्न सफल मुस्ताङ जिल्ला मार्फा गाउका एक पञ्चायतकालिन हस्ती हुन् नरबहादुर हिराचन । शुक्रबार उनी यो संसारबाट बिदा भए ।अब मुस्ताङका जनताले नरबहादुर हिराचनलाई भौतिक रुपमा देख्न पाउने अवसर टरेको छ ।
मार्फा गाउका मात्रै होईनन् पञ्चायतकालिन नेता हिराचन समग्र मुस्ताङ जिल्लाकै अभिभावकको रुपमा उनलाई हेरिन्थ्यो । नेता हिराचन २०३२ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । त्यसपछि उनी २०३५ सालमा पूनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।
राष्ट्रिय पञ्चायत सदस्यको दोश्रो कार्यकालमा हिराचन निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार संम्हाल्ने अवसर प्राप्त गरेका थिए । सो कार्यकालमा क्याबिनेट मन्त्री हरिशचन्द्र महतको कारणबश राजिनामापछि उनले केही समय क्याबिनेट मन्त्रीको कार्यभार संम्हाल्ने मौका पाए । क्याबिनेट मन्त्री हुदा हिराचनले बाँके कोहलपूरको महेन्द्र राजमार्ग सडक निर्माण गरेका थिए ।
पूर्व मन्त्री हिराचन पञ्चालयतकालिन ३० वर्षिय शासनकाल अवधिमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियूक्त भएका थिए । यो पद राष्ट्रिय पञ्चायत सदस्य जक्तिकै महत्व राख्थ्यो । हिराचनको मन्त्री स्तरिय कार्यकालमा उत्तरी कोरलानाकाको तिब्बत संग मुस्ताङको व्यापारिक संम्वन्ध सुमधुर गरेका थिए । संम्वन्ध बिस्तारपछि नेपालीहरु चीनको तिब्बती भूमीको ३० किलोमिटरक्षेत्र भित्र निर्वाध आवत जावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए ।
पूर्व मन्त्री हिराचन थुप्रै संघ संस्थामा योगदान पू¥याएका व्यक्तित्व हुन् । हिराचन मुस्ताङमा गठन भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिको संस्थापक सदस्य हुन् । रेडक्रस कार्यकालमा जोमसोममा ४ कोठे रेडक्रस भवन निर्माण भएको हो ।पूर्वमन्त्री हिराचन बाल संगठनमा आवद्ध हुदै बाल हकअधिकारका लागि योगदान पू¥याएका थिए ।
पूर्वमन्त्री नरबहादुर हिराचनको शनिबार दिउसो २ बजे पोखरामा निधन भएको पारिवारीक श्रोतले बताएको छ । उनको पार्थिव शरिरलाई अहिले हेलिकप्टर मार्फत मार्फा ल्याईएको मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष राजु लालचनले जानकारी दिए । आईतबार अन्त्यष्टी गर्ने कार्यक्रम रहेको लालचनले जानकारी दिए ।