हिमाली जिल्ला मुस्ताङमा बार्षिक परिक्षा सुरु

विद्यालयले संञ्चालन गर्ने आधारभूततह उर्तिण परिक्षा तथा स्थानीयतह संञ्चालन ऐन २०७४ अन्तर्गतको कक्षा ८ अनिवार्य परिक्षा र गाउपालिकाले आफै स्वबिवेकले यस वर्ष सुरु गरिएको कक्षा ३,५ र १० को सिकाई उपलब्धि परिक्षा मुस्ताङमा बुधबारबाट सुरु भएको छ ।

संघीयता कार्यान्वयन संगै स्थानीयतहले गर्ने कक्षा ८ को परिक्षाका अतिरिक्त पहिलो घरपझोङ गाउपालिकाले यस पटक सिकाई उपलब्धि परिक्षा संञ्चालन गर्न लागेको अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।उनका अनुसार अंग्रेजी,गणित र नेपाली बिषयको परिक्षा गाउपालिकाले संञ्चालन गर्ने प्रयास भएको बताए ।स्थानीयतहले आफैले प्रश्नपत्र तयार गर्ने देखि उत्तर पुस्तिका वितरणगरी स्थानीयतहले नै परिक्षण गर्ने उनले जनाए ।बिद्यार्थीको सिकाई उपलब्धि मापन तथा स्तर निर्धारण गरेर त्यसको सूचकको आधारमा बिद्याल र बिद्यार्थीलाई पुरस्कृत गर्दै स्थानीयतहको योजना रहेको थकालीको भनाई छ ।

मुस्ताङको घरपझोङ गाउपालिकामा रहेका २ सामूदायिक,१ संस्थागत र ६ वटा आधारभुत बिद्यालमा सिकाई तथा बिद्यालको नियमित परिक्षा संञ्चालन भएको घरपझोङ गाउपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताईन् ।घरपझोङले यसवर्ष २ सय १६ बिद्यार्थीको सिकाई उपलब्धि परिक्षा संचालन गरेको उनले जनाईन् ।उनका अनुसार सिकाई उपलब्धि परिक्षाबाट आएको नतिजालाई हेरेर नया शैक्षिक सत्रमा आवश्यक शिक्षा प्रणालीमा सुधार ल्याउन पूर्वाधार तय गरिने उपाध्यक्ष गुरुङको भनाई छ ।पहिलो पटक स्थानीयतहले संञ्चालन गर्ने परिक्षामा गाउपालिकाकै कर्मचारीहरुलाई अनुगमनका लागि खटाईएको छ ।संस्थागत बिद्यालले समेत यसवर्ष एउटै प्रणाली अन्तर्गत परिक्षा संञ्चालन गर्ने जनाईएको छ ।

मुस्ताङका ५ वटै स्थानीयतहमा यसप्रकारको परिक्षा संञ्चालन भएको हो ।उपल्लो मुस्ताङबाट घुम्ती कक्षाका संञ्चालन गर्न बेशी झरेका बिद्यालय समेतले स्थानीयतहले नै निर्माण गरेको प्रश्नपत्रका आधारमा सिकाई उपलब्धि परिक्षा संञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले बताए ।