‘२.०’ मा ऐश्वर्या नअट्नुको राज यस्तो छ

चलचित्र ‘२.०’ नोभेम्बर २९ बाट प्रदर्शनमा आउने तयारीमा छ । यो रजनीकान्तको सुपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल हो ।

रोबोटमा अभिनेत्री ऐश्वर्या रायको पनि लिड रोल थियो । यो जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, फिल्मको सिक्वेलमा भने ऐश्वर्या अटाइनन् ।

फिल्ममा अक्षय नेगेटिभ भूमिकामा छन् । एमी ज्याक्सनले अभिनेत्रीको भूमिका निभाएकी छिन् ।

निर्देशक एस शंकरले फिल्ममा अभिनेत्री ऐश्वर्या नहुनुको कारण खोलेका छन् । उनी भन्छन्, ‘‘२.०’ को कहानी निकै फरक छ । साथै यसमा क्यारेक्टर पनि पुरानो फिल्मभन्दा भिन्न छ ।’

यो फिल्मको बजेट ५ सय ५० करोडभन्दा बढी रहेको बताइएको छ । दर्शकले यसमा पहिलो पटक साउथ सुपरस्टार रजनीकान्त र बलिउडका स्टार अक्षय कुमारको जोडीको अभिनय एकसाथ देख्न पाउने छन् ।

फिल्ममा अक्षय नेगेटिभ भूमिकामा छन् । एमी ज्याक्सनले अभिनेत्रीको भूमिका निभाएकी छिन् ।