
’घातक’, ’जीत’, बोर्डर’, ’गदर’ जस्ता सुपरहिट फिल्म खेलेका अभिनेता सनी देओल अनौठो स्वभावका छन् ।
गएको ३५ वर्षदेखि बलिउडमा काम गरिरहेका छन् उनले अहिलेसम्म फिल्मको स्क्रिप्न नै नपढी काम गर्ने गरेका छन् । उनी अभिनीत नयाँ फिल्म ‘भैयाजी सुपरहिट’ अहिले प्रदर्शन भइरहेको छ ।
कहिल्यै स्क्रिप्ट आफै नपढ्ने उनी खासमा लेखक र निर्देशकबाट कथा सुन्न रुचाउँछन् । उनले भने, ‘म एक आइडिया सुन्छु र त्यसैको बारेमा सोच्छु । यदि मलाई मन प¥यो भने तुरुन्त काम सुरु गर्छु ।’
‘बेताब’ फिल्म १९८३ सन् बाट बलिउडमा करिअर सुरुवात गरेका सनीले कयौं दमदार विषय भएको फिल्म गरिसकेका छन् ।