विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थ हुने प्रतियोगिता पुस ७ देखि १४ गतेसम्म हुनेछ ।
प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।
प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाणपत्र
अर्थ संकलन उपसमितिको संयोजकमा राजेन्द्र थापा, स्वयंमसेवक परिचालन उपसमिति संयोजकमा राजेन्द्र थापा(गौरव), अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, प्रचारप्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा मदन थापा छन् ।
कृष्णबहादुर कुँवर, आरती अधिकारी, सोचना केसी, विजय थापा, मिलन बास्तोला, महेन्द्रसिंह थापा, वसन्तकुमार श्रेष्ठ र कालिका थापा मुल आयोजक समिति सदस्य छन् ।
प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाणपत्र दिइने विष्णुपादुका क्लबका अध्यक्ष कृष्ण खड्काले बताए ।
अनुशासित टिमलाई १० हजार, सर्वोकृष्ट खेलाडीलाई ५ हजार दिइनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाइकरलाई जनही ३ हजार प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैयाँ दिइनेछ । प्रतियोगितामा ५० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ । पोखरा २५ का वडाध्यक्ष शोभाकर तिमिल्सिनाले प्रतियोगिता हेमजाकै प्रतिष्ठाको विषय भएकाले यसको लागि वडाको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए ।