
आइतबार कालीगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।
पर्वत र गुल्मी जोड्ने झोलुंगे पुल पुलबाट हाम फालेर बिहादी ३ मेनुका श्रेष्ठ बेपत्ता भएकी हुन् । बेपत्ता श्रेष्ठको खोजी भइरकेको प्रहरीले बताएको छ ।
बिहान साढे ७ बजे नदीमा हाम फालेकी श्रेष्ठको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजन रायमाझीले जानकारी दिए ।