पोखरा ट्रेल रेस सिरिज अन्तर्गतको मस्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरूषतर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन् । उनले ५५ किलोमिटर दूरी ६ घण्टा २२ मिनेटमा पूरा गरे । उनले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सोलुखुम्बुका समुन कुलुङ राईले ५ मिनेटले पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाए । उनले ६ घन्टा २७ मिनेटको समय लगाउँदै मास्टर ट्रेल पूरा गरेका थिए । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
ड्यामसाइड–शान्तिस्तुपा–पुम्दीकोट–काब्रे–भञ्ज्याङ–पन्चासे–भदौरे–ढिकुरपोखरी–नागडाँडा–कास्कीकोट–सराङकोट–फेवाताल किनारमा आएर टुंगिएको थियो
तेस्रो स्थान झापाका तेजेन्द्र प्रधानले जिते । उनले ७ घण्टा १ मिनेटमा दूरी पार गरे । उनले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिलातर्फको उपाधिको संखुवासभाकी धाविका सृजना राईले जितिन् । उनले ५५ किलोमिटर ८ घण्टा २५ मिनेटमा पूरा गरिन् ।
उनले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । सिन्धुपाल्चोककी केन्दो लामाले ८ घण्टा ४० मिनेटको समय लगाउँदै दोस्रो बनिन् । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
१५ किलोमिटरमा पुरुषतर्फको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलका ओम जिसी प्रथम भए । उनले १ घन्टा २८ मिनेटको समयमा दूरी पार गरेका थिए । नेपाली सेनाका धावक खड्गबहादुर आले दोस्रो स्थानमा रहे । उनले १ घण्टा ३५ मिनेटमा दौड पूरा गरेका थिए । गणेश अधिकारीले १ घण्टा ३८ मिनेटको समयमा पूरा गर्दै तेस्रो स्थानमा चित्त बुझाए ।
महिलातर्फको सोही इभेन्टको प्रतिस्पर्धामा भोजपुरकी अनिता राईले उपाधि जितिन् । उनले २ घण्टा २८ मिनेट लगाईन् । नर्वेकी मित्रा सेडले ३ घन्टा ४५ मिनेटको समयमा पूरा गर्दै दोस्रो भइन् ।
१५ किलोमिटर दौडका प्रतिस्पर्धीका विजेतालाई ५, ३ र २ हजार नगद प्रदान गरिएको थियो । विजेता खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल तथा क्लबका अध्यक्ष विकास गुरुङ लगायतले पदक तथा प्रमाणपत्रसहित नगद हस्तान्तरण गरे ।
पोखरा ट्रेल रेस रनिङ क्लबले मास्टर ट्रेल रेससँगै यो वर्ष २०१८ को इभेण्टलाई टुंग्याएको छ । ड्यामसाइड–शान्तिस्तुपा–पुम्दीकोट–काब्रे–भञ्ज्याङ–पन्चासे–भदौरे–ढिकुरपोखरी–नागडाँडा–कास्कीकोट–सराङकोट–फेवाताल किनारमा आएर टुंगिएको थियो ।
५५ किलोमिटर दूरीको रेस उचाई पन्चासे क्षेत्र २ हजार ५ समय मिटरको उचाईमा पुगेर ओर्लिदैं फेवा किनारमा फर्किए ।