मस्र्याङदी नदीमा जारी १७ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगितामा आइतबार भएको स्ट्रिम सलालमतर्फको उपाधि बेलायतका प्रीतम गुरुङले हात पारेका छन् ।
गुरुङ १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै ५ सय मिटरको दुरी १ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा सागर गुरुङले १ मिनेट ३७ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हासिल गरे भने बेलायती खेलाडी माट स्टेफेनले तेस्रो स्थान हासिल गर्न सफल भए ।
महिलातर्फ भने जर्मनी खेलाडी भेरा निसले स्ट्रिम सलालमको उपाधि हासिल गरिन् । भेराले निर्धारित दुरी २ मिनेट ४६ सेकेन्डमा पार गर्दै उपाधि हात पार्न सफल भइन् भने आइरिसकी महिला खेलाडी सुसन डोयलले निर्धारित दुरी २ मिनेट ९८ सेकेन्डमा पार गर्दै दोस्रो स्थान हासिल गर्न सफल भइन् भने क्यास इमारीले निर्धारित दुरी ३ मिनेट ८६ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् ।
प्रतियोगितामा सोमबार हेड टु हेड बोर्डर क्रस विद्यामा खेल हुने नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सीका अध्यक्ष निमबहादुर मगरले बताए ।
प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्युजिल्यान्ड तथा अस्ट्रलिया लगायत पुरुष र महिला गरी सयभन्दा बढी कायकर सहभागी थिए ।