
बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार २०७५ बाट दीपक परियार सम्मानित भएका छन् ।कान्तिपुर दैनिकमा कार्यरत परियारलाई सोमबार पोखरामा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, फाउन्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले नगद १९ हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे ।
यो पुरस्कार स्वर्गीय आनन्दराज श्रेष्ठको स्मृतिमा उनको परिवारबाट स्थापित भएको हो । पोखरा ३२ निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका थिए । सम्मान योगदानका आधारमा र पुरस्कार प्रतिस्पर्धाका आधारमा दिनुपर्ने उनले बताए ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सामाजिक र राजनैतिक व्यक्तित्व स्व आनन्दराज श्रेष्ठको स्मृतिमा उनको परिवारद्वारा स्थापित सञ्चार पुरस्कार बालबालिका र वातावरणको क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।फाउन्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपाली, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, संस्थाका उपाध्यक्ष सरीता ताम्राकार, सचिव टंकराज अधिकारी लगायतले बोलेका थ्एि ।
बाल अधिकार संरक्षण र प्रवद्र्धन तथा वातावरण संरक्षणको विषयमा वर्षभर उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिदै आएको पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउन्डेसन नेपालका सचिव टंकराज अधिकारीले बताए ।