मंसिर २६ बाट इक्यानको शैक्षिक मेला

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरामा ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले मंसिर २६ गतेबाट छैटौं संस्करणको मेला गर्न लागेको हो । पोखरा सभागृह हलमा मेला हुने मेलाको तयारी थालिएको अध्यक्ष भुवन क्षेत्रीले बताए ।

मेलामा विद्यार्थीलाई परामर्श दिन विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने इक्यान कास्की सचिव रुद्रप्रसाद अर्यालले बताए । मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।