मुस्ताङको छेङ्गुर खोला किनारामा शब फेला

मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका १ छेङ्गुरमा बेवारिसे शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीलेका अनुसार करिव २ छेङ्गुर खोला किनारामा शनिवार सांझ ६ बजे यूवाको शब भेटिएको हो । गहुगोरो बर्ण,शरिर मझौला, कपाल छोटो र उचाई ५ फिट ५ ईन्च भएको उक्त यूवाले निलो जिन्स पाईन्ट र हरियो जुत्ता लगाएका छन् ।

अन्दाजी २८ देखि ३० वर्ष उमेरबीचका उक्त यूवा आर्य समूदायको जस्तो हुलिया भएको रेग्मीले खुलाए ।मृतक यूवाको शब नजिकै एकथान घडी, एक थान औठीसहित चुरोटको बट्टा र लाईटर बरामत भएको छ । यूवाको शबलाई जिल्ला अस्पताल जोमसोमको शबगृहमा राखिएको रेग्मीले बताए । शबको प्रकृति हेर्दा करिव एक साता पूरानो देखिएपनि प्रहरीले शनिवार मात्रै जानकारी पाएको हो ।चिसो मौसम भएकाले शब यथाअवस्थामा रहेको हो ।

ज्यान संम्वन्धि मूद्धा अनुसन्धानका लागि पोष्टमार्टम गर्न जोमसोम अस्पतालमा राखिएको छ । मृत अवस्थामा फेला परेको उक्त शबको डिएनए परिक्षणका लागि काठमान्डौ पठाईने प्रहरी निरीक्षक रेग्मीले बताए । उक्त शब फेला परेको २४ घण्टा बितिसक्दा समेत कसैले सम्पर्क नगरेको जानकारी दिदै निरीक्षक रेग्मीले संञ्चार माध्यमबाट अभिभावकको सम्पर्क गर्ने प्रयास भईरहेको जानकारी दिए । कुनै परिचयपत्र समेत साथमा नभएको उक्त यूवाको के कति कारणले मृत्यू भएको हो भन्ने अनुसन्धान भईरहेको रेग्मीले बताए । हेर्दा मुस्ताङमा श्रम गर्न आएको जस्ता देखिने उक्त यूवा पर्यटक हुन् या कामदार हुन् खुलेको छैन ।