अन्तर विद्यालय छात्रछात्रा एथलेटिक्स

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा शनिबार पोखरा रंगशालामा अन्तर विद्यालय छात्र छात्रा एथलेटिक्स प्रतियोगिता भएको छ ।

प्रतियोगितामा १५ सय मिटर र सय मिटर दौड तथा लङजम्पमा कास्कीका २६ विद्यालयका १ सय ११ विद्यार्थीको सहभागिता थियो ।
प्रतियोगिता अन्तर्गत छात्र १५ सय मिटर दौडमा गोगन माविका स्माइल भण्डारी प्रथम, सैनिक आवासीय माविका मदन पौडेल द्वितीय तथा अमरसिंह माविका विनोद गुरुङ तृतीय भए । छात्रा १५ सय मिटरमा कुमुदिनी होम्सका ललिता लामिछाने प्रथम, छोरेपाटन माविका ललिता सुवेदी द्वितीय तथा गौरीशंकर माविका ओममाया फगामी तृतीय भइन् ।

सय मिटर छात्र दौडमा लक्ष्मी आदर्श माविका सुदीप जोशी प्रथम, सैनिक आवासीय माविका विपीन थापा द्वितीय, सैनिककै प्रज्वल प्याकुरेल तृतीय भए । सय मिटर छात्रातर्फ गौरिशंकर माविका अनिषा भण्डारी प्रथम, कास्की मोर्डनाइजका कुसुम गुरुङ द्वितीय तथा सगरमाथा माविका रञ्जिला रोक्का तृतीय भए ।

छात्र लङजम्पमा सैनिक आवासीय माविका विपीन थापा प्रथम, कुमुदिनी होम्सका सागर नेपाली द्वितीय तथा छोरेपाटन माविका राजन थापा मगर तृतीय भए । छात्रातर्फ कास्की मोर्डनाइजका कुसुम गुरुङ प्रथम, गौरीशंकर माविका अनिषा भण्डारी द्वितीय तथा गौरीशंकर माविकै रञ्जिला रोक्का तृतीय भए ।

प्रतियोगितामा छात्रतर्पm सैनिकका विपीन थापा तथा छात्रातर्फ गौरिशंकरका अनिषा भण्डारी र कास्की मोर्डनाइजका कुसुम गुरुङ उत्कृष्ट खेलाडी भए । नियमित एथलेटिक्स प्रशिक्षण गरिहेका खेलाडीद्वय राजेन्द्र तामाङ र ललिता लामिछानेलाई पनि एक÷एक जोर जुत्ता पुरस्कार प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई समारोहका प्रमुख अतिथि त्रिमूर्ति ह्याचरिका सशांकमणि भट्टराई, आयोजक संघका अध्यक्ष हरि बरुवाल, प्रथम उपाध्यक्ष जगबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष इन्द्रा मल्ल, कोषाध्यक्ष जीवन बाटाजु, शंकर शाह, मनीषा अधिकारी लगायतले मेडल, प्रमाण–पत्रसहित एक÷एक जोर जुत्ता पुरस्कार वितरण गरे । पूर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश जैसीले जुत्ता प्रायोजन गरेका हुन् ।