तनहुँका ६ तहमा मोबाइल एप्स

तनहुँका ६ स्थानीय तहले मोबाइल एप्स बनाएका छन् । १० स्थानीय रहेको जिल्लाका सबै नगरपालिकाले मोबाइल एप्स बनाइसकेका छन् ।

व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा आइसकेको छ ।
देवघाट र म्याग्दे गाउँपालिकाले मात्रै मोबाइल एप्स बनाएका छन् भने आँबुखैरेनी, बन्दीपुर, रिसिङ र घिरिङ बाँकी छन् । व्यासको मोवाइल एप्स बिहीबार तयार भएको छ ।

व्यास नगरपालिकाले प्रवाह गर्ने सेवाका बारेमा गुनासो भए मोबाइल एप्सबाटै गुनासो दर्तासमेत गर्न सकिने जनाएको छ ।

एप्समा स्थानीय तहको संक्षिप्त परिचय, स्थानीय तहबाट लिन सकिने सेवा, बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, सूचना तथा जानकारी, समस्या दर्ता, वडाको विवरण आदि समेटिएका छन् ।