पोखरामा अन्तर्राष्ट्रिय स्तरको वर्ड क्याम्प

वर्डप्रेस पोखराको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वर्डक्याम्प पोखरा २०१८ शनिबार भएको छ ।

२०१२ देखि प्रत्येक वर्ष काठमाडौंमा वर्डक्याम्प हुनेगरेको थियो । नेपाल राजधानी बाहिर पोखरामा पहिलो पटक यो कार्यक्रम भएको हो ।

विश्वमा निर्माण हुने वेबसाइटमध्ये ३० प्रतिशत बढी वर्डप्रेस प्रयोग गरी बनाइन्छ । कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेको बताइन्छ । वर्डप्रेसबारे जानकारी दिन क्याम्प आयोजना गरिएको कार्यक्रम संयोजक पितमबहादुर सेनले बताए ।

सामुुदायिक हितका लागि आयोजना गरिएको वर्डक्याम्पमा व्यावसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति, कम्पनी, प्रशासन, विद्यालय, कर्मचारी, शिक्षक, पत्रकार, पर्यटन व्यवसायी, वेब डेभलपर लगायत ४ सय ३० जना वडप्रेस पारखी सहभागी भए ।

कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेको बताइन्छ

सेमिनारमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा सहजीकरण गरिएको थियो । भारतको गुगल सर्च क्वालिटी टिम विज्ञ आसेस मरिनाले म्यानेजिङ योर अनलाइन प्रिजेन्स अन गुगल सर्च र अभिषेक देशपाण्डेले मोर्डन वर्डप्रेस डेभलपमेन्ट इन्भारमेन्ट विषयमा प्रकाश पारे ।

जापानका ताकायुकी मियाउचीले उइ लभ अटोमेसन ः एन्ड इन्टोक्सन टु डब्लु पि सिएलआइ विषयमा सहजीकरण गरी कम्प्युटर कमान्डै सहायताले ड्रोन क्यामेरालाई कन्ट्रोल गरी डेमोस्टे«सन गरेरै देखाएका थिए ।

बंगलादेशका मिजानुर रहमन मिजानले कन्ट्रिबियुट टु दी वडप्रेस रिप्रोजेटरी इन अ स्मार्ट वय शीर्षकमा प्रस्तुतिकरण गरे । काठमाडौं र पोखराका लक्ष्मी गिरी, मदन पन्थी, सुशील जिसी, चित्रराज भण्डारी, नारायण कोइराला, अभिषेक रिजाल, निरञ्जन उदास, शुरभ शर्मा, निशाल गुरुङ, विक्रम अधिकारी, सीता क्षेत्री र सन्दिलिया काफ्लेले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

क्याम्प गर्न १० लाख खर्च भएको छ ।